काठमाडौं । आजबाट शुरू भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उद्धाटन खेल काठमाडौं गोर्खाज विजयी भएको छ । सोमबार बेलुकी भएको उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौंले लिगमा विजयी शुरुवात गरेको हो ।
जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । काठमाडौंलाई जित दिलाउन बेन चार्ल्सवोर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्प्सनले १३, मोहम्मद आदील अलामले नटआउट ९, भीम शार्कीले तीन र जेर्हाड इरास्मसले नटआउट एक रन बनाए ।
जनकपुरको लागि किशोर महतो, अनिल कुमार शाह, ललित राजवंशी, निकोल लाफ्टी इटन र सन्जय कृष्णमुर्तीले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । जनकपुरको लागि आसिफ शेखले जारी सिजनको पहिलो अर्धसतक बनाए । उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै मयान यादवले नटआउट ३४ रन बनाउँदा लाहिरु समाराकोनले २२, लाहिरु मिलान्थाले ७, रुपेश सिंहले नटआउट ४ तथा जान निकोल लोफ्टी-इटन र सन्जय कृष्णमुर्थीले समान दुई/दुई रन बनाए ।
काठमाडौंको लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिँदा करण केसी, शहाब आलम र सन्तोष यादवको नाममा समान एक/एक विकेट रह्यो ।
जितसँगै काठमाडौंले दुई अंक जोडेको छ ।
