काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी १० वर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन अनुमति दर्ता खारेज हुने भन्दै पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयले एम्बुलेन्स सेवा व्यापारिक रूपमा प्रयोग भएको तथा निर्देशिका विपरीत सञ्चालन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल पूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोगमा ल्याइएमा कानुनी कारबाहीदेखि दर्ता खारेजीसम्म हुनसक्छ ।’

