काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डलको पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्तिका १ सांसदलाई पदमुक्त गरेका थिए । जसपाका सांसदहरू मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए।
सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
