जेनजी आन्दोलनले हामीलाई अगाडि बढ्न गम्भीर बनाएको छः गुरुङ

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्दा धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

कर दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भएकाले पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।

उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस् भन्ने कुरा कहिले पनि मनमा आउँदैन । जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्दा धेरै जम्मा गर्न सकौं । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भीर भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौं भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *