दल दर्ता गर्ने होडबाजी यसरी चल्यो भने फेरि पुरानै शासन फर्किन्छः शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत मन्त्री पुनले निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएकोप्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ । नेपालीहरु फुट्ने र सानोतिनो कुराहरुमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ। यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाइपल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ। जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्रीमण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *