भावी कार्यक्रम तय गर्न नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकले पार्टीको भावी कार्यक्रम तय गर्ने बताइएको छ ।

बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुनलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने स्थान र समय तय गर्नेबारे पनि छलफल हुने पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *