काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ अंकमा पुगेको छ ।
नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । आज कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ ।
आज सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
