इराकमा आदिवासी समूहबीच झडप, आठ जनाको मृत्यु

इराक । मध्य इराकमा कृषि जग्गाको विवादलाइ लिएर भएको आदिवासी झडपमा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको वासित प्रान्तका एक सुरक्षा अधिकारीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।

शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरू बिच कृषि जग्गाको विषयलाई लिएर विवाद सुरु भएको एक जना अधिकारीले नाम नछाप्न अनुरोध गर्दै पुष्टि गरेका छन् ।

अधिकारीले विवादमा संलग्न व्यक्तीहरु मध्येका केहि मानिसहरुको मृत्यु तथा घाईते भएकोसमेत पुष्टि गरेक छन् ।

उक्त क्षेत्रमा स्थिति समाधानका लागि धेरै सङ्ख्यामा सुरक्षा अधिकारीहरु तैनाथ गरिएको भएता पनि झडप भने अझै बन्द नभएको जनाइएको छ ।

इराकमा लामो समय देखि स्थानीय आदिवासी समुदायका वीचमा वेमेलका कारण पटक–पटक झडप हुने गरेको तथा युद्धले ग्रस्त देशमा सामान्य विषयमा घातक झडपहरु हुने गरेको जनाइएको छ ।

इराकी शासक सद्दाम हुसेनलाई अपदस्थ गर्ने गरी अमेरिकी नेतृत्वमा भएको सन् २००३ को आक्रमण पछि सूरु भएको निरन्तरको लामो हिंसा पछि इराकले हालै मात्र स्थिरताको आभास पुनः प्राप्त गर्न थालेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *