विकास–निर्माणका गतिविधि रोकिनु हुँदैन : सभामुख घिमिरे

सुरुङ्गा। सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन् ।

बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयका लागि छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए ।

साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे ।

शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ‘बिग स्कूल प्रजेक्ट’ अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *