बीबीसी हिन्दी । भारतको उत्तरी राज्य बिहारमा सम्पन्न विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन एनडीएले निर्णायक जित हासिल गरेसँगै समर्थकहरूले खुसियाली मनाइरहेका छन् ।
राज्यका कुल २४३ सीटमध्ये एनडीएले २०२ सीटमाथि विजय हासिल गरेको छ। विपक्षीहरूको महागठबन्धनले ३५ सीट मात्र ल्याउन सक्यो । मोदीले यो उनको गठबन्धनको जित मात्रै नभई ‘लोकतन्त्रकै जित’ भएको बताएका छन् ।
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए ।
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए ।
निर्वाचन आयोगका अनुसार नोभेम्बर ६ र ११ तारिखमा मतदान सम्पन्न भएकामा कीर्तिमान स्तरमा अर्थात् ६६.९१ प्रतिशत मत खसेको थियो । उक्त प्रतिशत बिहारमा सन् १९५१ मा पहिलो पटक मतदान भएयताकै सबैभन्दा उच्च भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानपछि गरिएका थुप्रै जनमत सर्वेक्षणहरूले प्रमुख साझेदारका रूपमा रहेको जनता दल (यूनाइटेड)सहितको बीजेपी नेतृत्वको गठबन्धनले जित हासिल गर्ने देखाएका थिए । ती दुई दलले अहिले बिहारमा शासन गरिरहेका छन्, जहाँ जेडी (यू) का नीतिश कुमार मुख्यमन्त्री रहेका छन् ।
मुख्य प्रतिद्वन्द्वीका रूपमा भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस, राष्ट्रिय जनता दल (आरजेडी) र अरू साना दलहरू सम्मिलित महागठबन्धन रहेको थियो।
