काठमाडौं । सरकारले मतदाता नामावलीमा नाम दर्ता गराउने समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि आयोगसँग छलफल गरेको जानकारी दिएकी छन् । नाम दर्तामा बढ्दो उत्साह देखिएकाले आयोगलाई म्याद थपका लागि आग्रह गरेको उनले बताइन् । आयोग यस विषयमा सकारात्मक रहेको उनको भनाई छ ।
प्रधानमन्त्रीले भनिन्, ‘मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगसँग म्याद थपका विषयमा छलफल भएको छ। आयोग यस विषयमा सकारात्मक रहेको छ। साथै इन्टरनेट सर्भरमा देखिएका समस्याहरू समाधान गर्न सम्बद्ध निकायहरू सक्रिय रूपमा काम गरिरहेको छन्।’
आयोगले मतदाता नामावलीमा नाम नाम लेखाउन कात्तिक मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ ।
