भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर ।भोजपुरका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् ।

भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ । केहि समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ।’

वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भईरहेको स्थानीय कृषक कमला थापाले बताए ।

‘बर्षातले धानबाली केहि क्षति पुग्यो”उनले भने,’तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ ।अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ ।’

बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *