काठमाडौँ । बुधबारको तुलनामा बिहीबार एक तोला सुनको मूल्य पाँच हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहबार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
