काठमाडौं । नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले बिहीबार सूचना प्रकाशित गरी महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो ।
यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ।

