२० अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ ।

मंगलबार तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ ।

आज भूगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकारको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै दरमखोला इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेर ५२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य प्रतिकित्ता ८.२१ प्रतिशतले घटेर ५१६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *