सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ ।  मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा  ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *