भागरथी भट्टको लागि न्याय माग गर्दै घोराहीमा प्रदर्शन

दाङ ।   बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार घोराहीमा प्रदर्शन भएको छ।नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा विद्यार्थीको सहभागितामा प्रदर्शन गरिएको हो।

घोराहीको बीपी चोकबाट सुरू भएको र्‍याली तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीले भागरथी भट्टलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, सम्झना विकलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर र अपराधीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष एवं मानव अधिरकारकर्मी विमला योगीले देशमा निर्दोष बालिकामाथि बारम्बार बलात्कारपछि हत्या हुँदा पनि राज्य मौन रहनु लज्जास्पद भएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *