काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार नेप्से ओरालो लागेको छ । सोमबार नेप्से ५.८० अंकले घट्दै २ हजार ५६०.२९ अंकमा ओर्लिएको हो ।
आज कारोबारमा पनि घटेको छ । आज ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक सामान्य बढेपनि बाँकी १० वटा उपसूचकहरू भने ऋणात्मक भएका छन् ।
आज ९१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको र बाँकी ११ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । आज तीनवटा कम्पनी दरमखोला हाइड्रोपावर, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
