अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो)  एक लाख नाघेको छ ।

गुणस्तरीय अलैँची प्रतिमन आइतबार एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।

शनिबार प्रतिमन ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन रु दुई हजारले बढेर ९८ हजार पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले वृद्धि भई  एक लाख दुई हजार पुगेको उनले बताए ।

असोज दोस्रो सातासम्म प्रतिमन  ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा  १५–१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि  ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *