काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ३० दशमलव ०२ अङ्कले घटेको हो । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ९१ प्रतिशतले ओरालो लागेको छ ।
आज २ सय २२ वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ । यस्तै सोल्टी होटलको शेयर घटबढ भएको छैन । आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।
