काठमाडौं । एयर फिल्ड लाइटिङमा समस्या आएपछि साँझ साढे पाँच बजेदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
समस्या समाधान भएपछि राति पौने १० बजेदेखि विमानस्थल सञ्चालमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
एयर फिल्ड लाइटिङमा समस्या आएपछि केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए । प्रवक्ता शेर्पाले लाइटको आवश्यक मर्मतपछि विमानस्थल सञ्चालनमा आएको बताए ।
