११ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेमा गिरावट आएको छ । बिहीबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा बन्द भएको छ ।

उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा समग्र परिसूचक घट्न पुग्यो । १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड बराबरको कारोबार भयो ।

कारोबारका हिसाबले शिभम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो । त्यसपछि राधी जलविद्युत्, हिमालयन डिस्टीलरी र एनआरएनको शेयर धेरै कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *