एपीएफ झापा महिला गोल्डकपको सेमिफाइनलमा

झापा । विभागीय टोली नेपाल एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार दिउँसो भएको खेलमा सिक्किमको सिंगलोंग एससीलाई ७-० गोलले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

झापाको दुधे स्टेडियमआ भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक पूरा गर्दा अनिता बस्नेतले दुई तथा सविता राना मगर र अनिता केसीले समान एक/एक गोल गरिन् ।

अब एपीएफले सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र आरएस पोखरा एफसीबीचको विजेतासँग खेल्नेछ । भोली संकटा एफसी र झापा एफसी भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *