जेनजी आन्दोलनमा सर्वोच्च र जिल्ला अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धान गर्न प्रहरीमा जाहेरी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा भएको तोडफोड र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी परेको छ ।

सर्वोच्च र जिल्ला अदालतले अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । जाहेरी पाएसँगै परिसरले अनुसन्धान सुरू गरिरहेको परिसरका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । तोडफोड र आगजनीबाट सर्वोच्चमा सबैभन्दा बढी क्षति भएको छ ।

देशका अन्य अदालतमा पनि आगजनी र तोडफोड भएका छन् । उनीहरुले पनि प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *