जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदीको साथबाट प्रहरीको ग्यास गन र गोली बरामद

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको ग्यास गन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेको महाभारत गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगको कसुरमा केन्द्रीय कारागारमा थुनामा रहेका उनी भदौ २४ गते फरार भएका थिए । कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो ।

झोलामा ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा झोला राजा तामाङको भएको खुलेको थियो। कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

उनको डेराबाट प्रहरीले ३ थान गोली पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *