दुर्लभ खनिजमा चीनको नियन्त्रणको निलम्बन इयूमा पनि लागू हुनुपर्ने इयूको भनाइ

रोम । इयूका व्यापार आयुक्तले दुर्लभ खनिज सामग्रीको प्रतिबन्धमा चीनको एक वर्षको निलम्बन इयू समूह र संयुक्त राज्य अमेरिकामा पनि लागू हुनुपर्ने बताएका छन् ।

“मेरो बुझाइमा यस विषयमा अमेरिका र चीनबीच भएको सम्झौता ‘एर्गा ओम्नेस’ हो, त्यसैले हामीले यसलाई युरोपेली सङ्घलगायत सबैमा लागू गर्नुपर्छ,” मारोस सेफकोभिकले रोम भ्रमणका क्रममा पत्रकारहरूसँग भने ।

अमेरिकासँगको छलफलपछि चीनले बिहीबार अक्टोबरमा घोषणा गरिएको दुर्लभ खनिज सामग्रीसहित केही निर्यात प्रतिबन्धहरू एक वर्षका लागि स्थगित गर्ने बताएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता भएको व्यापार वार्तामा प्रमुख अवरोध रहेको दुर्लभ खनिजमाथिको नियन्त्रणले बजारलाई तहसनहस पारेको छ र आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना गरेको छ ।

इटालीका कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडा र विदेशमन्त्री एन्टोनियो ताजानीसँग भेटघाट गरेका सेफकोभिकले इयूले चीनसँग निर्यात नियन्त्रणका लागि उच्चस्तरीय औपचारिक वार्ता गरिरहेको बताए ।

उनले भने, “म चाँडै नै चिनियाँ समकक्षीसँग फेरि कुरा गर्नेछु ।” सवारी साधन, विद्युतीय सामग्री र रक्षा उद्योगका लागि महत्वपूर्ण चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूका लागि चीन विश्वको अग्रणी उत्पादक हो।

सेफकोभिकले भने, “चीनले अप्रिलदेखि केही सामग्रीहरूको निर्यातको लागि इजाजतपत्र आवश्यक गरेको छ तर प्रणालीले काम गरिरहेको छैन।”

“हामीसँग दुर्लभ खनिजहरूको लागि निर्यात इजाजतपत्र जारी गर्ने धेरै राम्रो अनुभव छैन”, उनले भने, “इयूका प्रशोधन कार्यहरूको केवल ५० प्रतिशत मात्र ‘राम्रोसँग प्रशोधन’ हुने गरेका थिए, त्यसैले, कम्पनीहरूले आवश्यक दुर्लभ खनिज सामग्री प्राप्त गरे।

“यसले इयूमा कम्पनीहरूको उत्पादन क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने । अक्टोबर ९ मा लागू गरिएको चिनियाँ प्रतिबन्धपछि निर्यातकर्ताहरूले दुर्लभ खनिज खनन र गलाउने अन्य प्रशोधन चरणहरूको लागि प्रयोग हुने प्रविधिहरूको लागि अनुमति लिनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *