जेरुसेलम । इजरायली सेनाले एक प्यालेस्टिनी बन्दीलाई सैनिकहरूले गम्भीर दुव्र्यवहार गरेको भिडियो बाहिरिएपछि भइरहेको अनुसन्धानको क्रममा आफ्ना शीर्ष वकिलले राजीनामा दिएको बताएको छ।
गत वर्ष दक्षिणी इजरायलको स्दे तेइमान सैन्य अड्डामा लिइएको फुटेजमा केन्द्रित यो मुद्दाले इजरायलभित्र अन्तर्राष्ट्रिय आक्रोश र विरोध प्रदर्शनलाई उर्जा दिएको थियो ।
हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि प्यालेस्टाइन क्षेत्रमा युद्ध सुरु भएदेखि नै गाजावासीहरूलाई कब्जा गर्न स्दे तेइमान प्रयोग गरिएको थियो।
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सैन्य महाधिवक्ता एमजी यिफत तोमर–येरुशाल्मीले शुक्रबार पदबाट राजिनामा दिनुभएको छ।”
“सेना प्रमुखले छलफल गरिएका विषयहरूमा विस्तृत र सत्य जाँच गरिनेछ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभएको छ,” विज्ञप्तिमा भनिएको छ।
यसै हप्ताको सुरुमा स्दे तेइमानबाट फुटेज चुहावट भएको र त्यसमाछ सैनिकहरूले गरेको दुव्र्यवहार पुष्टि भएको देखिन्छ ।
इजरायली सेनाले फेब्रुअरीमा दुव्र्यवहारसँग सम्बन्धित पाँच जगेडा सैनिकविरुद्ध मुद्दा दायर गरेको जनाएको थियो ।
बन्दीहरूलाई ‘मलाशय नजिकै धारिलो वस्तु रोपेर बन्दीको पुट्ठामा छुरा हानेर गम्भीर हिंसाजन्य काम गरेको’ आरोपमा जगेडा सैनिकलाई मुद्दा चलाइएको छ।
सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हिंसाले बन्दीलाई गम्भीर शारीरिक चोट पुर्याएको, करङहरू चर्किएको, फोक्सो छेडिएको र मलाशयको भित्री भागसम्म च्यातिएको छ।” भिडियो सार्वजनिक भएपछि यो मुद्दा सैन्य न्याय प्रणालीमा ल्याइएको थियो।
इजरायली मिडियाले शुक्रबार प्रकाशित सैन्य अभियोजकको राजीनामा पत्रको प्रतिलिपिअनुसार तोमर–येरुशाल्मीले राजनीतिक रूपमा प्रेरित प्रदर्शनले दुव्र्यवहारको अनुसन्धानलाई असफल पार्न खोजेपछि उनको कार्यालयले मिडियालाई घटनाबारे यथार्थ जानकारी दिएको स्वीकार गरेका छन् ।
