शेखर समूहले निर्वाचन अगावै महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिने

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी फागुन २१ को निर्वाचन अगावै नियमित महाधिवेशन गर्न दबाब दिने भएको छ ।

शुक्रबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

ढिलोमा पुस मसान्तभित्र महाधिवेशन सक्नुपर्ने बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

बैठकले पुस १६ मा महाधिवेशनको मिति तोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र आजको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *