काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ८० रूपैयाँले बढेको छ। बिहीबार तोलाको दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ६० रूपैयाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 
				 
										 
										 
										