काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेकोप्रति असन्तुष्टि जनाएकी छन् ।
शुक्रबार सामाजिक संजालमार्फत झाँक्रीले बहुमत छ भन्दैमा जथाभावी निर्णय गर्न नहुने बताएकी हुन् । उनले भनेकी छन्, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको बास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।’
अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकता गर्न लागेपछि झाँक्री, महासचिव घनश्याम भूसाल, सम्मानित नेता झलनाथ खनाललगायत त्यसको विपक्षमा उभिएका छन् ।

 
				 
										 
										 
										