घुससहित पक्राउ परेका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा ठेकेदारबाट घुस लिएको आरोपमा असोज ३ गते अख्तियारले कार्कीलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *