खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

काभ्रे । अदालतले दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार जिल्ला अदालत काभ्रेका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *