काठमाडौं । मोन्था आँधीको प्रभाव आज अपरान्हदेखि पूर्णरुपमा सकृय हुने भएको छ । मौसमविद उज्ज्वल उपाध्यायले आज अपरान्हदेखि मोन्था आँधीको प्रभाव पूर्णरुपमा देखिने जानकारी दिएका हुन् ।
उनले मेचीदेखि गण्डकीसम्म ठूलोवर्षा र उपल्लो (३५०० मिटर भन्दा अग्लो) भू–भागमा भारी हिमपात गराउने बताए ।
उनले भने, ‘अहिले (बिहीबार बिहान ४ बजे देखि) काठमाडौं उपत्यका र वरिपरी भैरहेको वर्षा पूर्वबाट आउने ‘मोन्था’ नामक समुद्रीआँधी भन्दापनि (हिजो–अस्ती देखिको) पश्चिमी वायुको गतिविधिले हो जुन अझै बाहिरिको छैन । बाहिरीनै बाँकी रहेको यस वर्षा प्रणालीमा ‘मोन्था’ आँधी को आंशिकप्रभाव मिसिनाले वर्षा अझैठूलो भएको हो ।’
