नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन् । देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन् । उनीहरू सोमबार राति सिंगापुर गएका थिए ।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र आरजुमाथि भौतिक आक्रमण हुनुका साथै उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो ।
सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो । पछि सेनाले उद्धार गरी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।
