‘जारी २’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘जारी २’को ट्रेलर सार्वजनिक भएको छ । ०८० सालमा प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा दम्पतीको भूमिकामा रहेका दयाहाङ र मिरुनाको घर झगडा ट्रेलरमा समावेश गरिएको छ ।

फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो । निर्देशक र लेखक उपेन्द्र सुब्बा हुन् । फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *