काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार ९८० रहेको छ ।
आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
