आत्मसमीक्षा गरौं, नेपाललाई फेरि पनि लोकतान्त्रिक अभ्यासमा फर्काऔँः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र समाजमा राजनीतिको प्रकृतिक बहावलाई नरोकेर सहज ढंगले अगाडि बढ्न दिनुपर्ने बताएका छन् ।

छठपर्वका अवसरमा शुभकामना दिँदै भट्टराईले राजनीतिलाई रोक्न खोजे ठूलो वितण्डा निम्तिन चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘चाहे पार्टीभित्र होस्, चाहे समाजमा राजनीतिलाई पनि यसको प्राकृतिक बहावलाई रोक्नु हुँदैन । यसलाई सहज ढंगले अगाडि बढ्न दिनुपर्दछ । जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ ।’

उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन मुलुक अकल्पनीय ढंगले अगाडि बढेको बताएक छन् । उनले भनेका छन्, ‘हामीले ती घटनाहरूबाट पाठ सिक्नु पर्दछ । आत्मसमीक्षा गर्नुपर्दछ । नेपाललाई फेरि पनि लोकतान्त्रिक अभ्यासमा फर्काऔँ । हाम्रो संविधानलाई क्रियाशील बनाऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *