पिकेकेले टर्कीबाट सबै सेनालाई उत्तरी इराकमा फिर्ता गर्ने

इराक । कुर्द लडाकू समूहले आफ्ना सबै सेना टर्कीबाट उत्तरी इराकमा फिर्ता गर्न सुरु गरेको घोषणा गर्दै सरकारसँगको सहमति अनुसार आफ्ना नेतालाई रिहा गर्न अङ्कारालाई आग्रह गरेको छ।

शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न जेलमा रहेका आफ्ना नेतालाई रिहा गर्न अंकारालाई कुर्दिस्तान वर्कर्स पाटी (पिकेके) ले आग्रह गरेको हो।

चार दशकको हिंसाको नेतृत्व गरेको कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले मे महिनामा टर्की विरुद्धको सशस्त्र सङ्घर्षलाई औपचारिक रूपमा त्यागेको घोषणा गरेको थियो । उक्त हिंसाले लगभग ५० हजार व्यक्तिको ज्यान लिएको थियो।

उत्तरी इराकको कान्दिल पहाडको एक दुर्गम गाउँमा कुर्द र टर्की भाषमा पढिएको एक वक्तव्यमा पिकेकेले भनेको छ, “हामी टर्कीबाट हाम्रा सबै सेनाको फिर्तीलाई कार्यान्वयन गर्दैछाँ।”

जेलमा रहेका पिकेकेका संस्थापक अब्दुल्लाह ओकलानको तस्बीर रहेको ठूलो ब्यानरको अगाडि तीन कमान्डर, आठ जना महिलासहित २५ पिकेके लडाकुहरू उभिएको तस्बिर सार्वजनिक गर्दै पिकेकेले टर्की छोड्ने क्रम सुरु गरेको बताइएको छ।

फिर्तीमा कति लडाकुहरू संलग्न हुनेछन् भन्ने तत्काल स्पष्ट भएको छैन तर पर्यवेक्षकहरूले अनुमान गरे अनुसार पिकेकेले २०० देखि ३०० को बीचमा आफ्ना लडाकुलाई फिर्ता गर्नेछ।

टर्कीले यस कदमलाई यस क्षेत्रको सबैभन्दा लामो द्वन्द्व अन्त्य गर्ने प्रयासमा ‘प्रगतिको ठोस परिणाम’ को रूपमा प्रशंसा गरेको छ।

पिकेकेले टर्की सरकारलाई यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक कानुनी कदमहरू चाल्न कुनै समय खेर नफाल्न आग्रह गरेको छ । अङ्काराले एक वर्ष पहिले जेलमा रहेका पिकेके नेता अब्दुल्लाह ओकलानसँग मेलमिलापको प्रस्ताव गरेपछि यो शान्ति प्रक्रिया सुरु भएको थियो।

पिकेकेले ओकलानको रिहाई ’महत्वपूर्ण’ भएको र शान्ति प्रक्रियाको व्यवस्थापन गर्ने संसदीय आयोगका सदस्यहरूलाई जतिसक्दो चाँडो उहाँसँग भेट्न आग्रह गरेको छ।

“स्वतन्त्रतासँग मिल्दोजुल्दो प्रक्रियाका लागि महत्त्वपूर्ण कदमहरू चाल्नु आवश्यक छ,” पिकेकेका वरिष्ठ लडाकु साबरी ओकेले सशस्त्र सङ्घर्ष त्याग गर्नेहरूको भाग्य नियन्त्रण गर्ने कानूनलाई सङ्केत गर्दै समारोहमा पत्रकारहरूसँग भने ।

उनले भने, “हामी केवल आममाफी होइन, कानूनहरू चाहन्छौं जुन प्रक्रियाको लागि विशिष्ट हो।” पिकेके ओकालानको फेब्रुअरीमा गरिएको ऐतिहासिक आह्वानअनुसार कुर्द अल्पसङ्ख्यकहरूको अधिकारको रक्षाका लागि लोकतान्त्रिक सङ्घर्ष गर्न चाहन्छ।

सन् १९९९ देखि एकान्तमा रहेका ७६ वर्षीय ओकालानले अहिले इस्तानबुल नजिकैको इमराली टापुमा रहेको आफ्नो जेलको कोठरीबाट प्रक्रियाको नेतृत्व गररेका छन् ।

“आइसोलेसनमा वा जेलको अवस्थामा यस्तो महत्त्वपूर्ण प्रक्रिया पूरा गर्न धेरै गाह्रो छ। यो प्रक्रियालाई अझ बढी प्रभावकारिताका साथ अगाडि बढाउनका लागि उहाँको स्वतन्त्रता महत्त्वपूर्ण छ,” पिकेकेका वरिष्ठ नेता देवरिम पालुले समारोहपछि एक अन्तर्वार्तामा एएफपीसँग भने ।

गत वर्षको अन्त्यमा राष्ट्रपति रेसेप तैयप एर्दोगानको समर्थनमा पीकेकेसँग अप्रत्यक्ष वार्ता सुरु भएको थियो, जसले जुलाईमा हतियार नष्ट गर्न सुरु गर्ने समूहको कदमलाई राष्ट्रको विजयको रूपमा स्वागत गरेका थिए।

टर्कीले शान्ति प्रक्रियाको आधार तयार गर्न र पिकेके र यसका लडाकुहरूको राजनीतिक एकीकरणको लागि कानुनी ढाँचा तयार गर्न एक अन्तर–पार्टी संसदीय आयोग पनि गठन गरेको छ।

“आयोगले ओकालानलाई भेट्न आवश्यक छ,” ओकेले भने । “संसदीय आयोगले तुरुन्त नेता आपोलाई भेट्नुपर्छ र उहाँका भनाइ सुन्नुपर्छ,” उनले भने।

ओकालानको भाग्यको निर्णय गर्ने जिम्मेवारी पनि ४८ सदस्यीय संसदीय आयोगलाई दिइएको छ।

गत वर्ष ओकालानलाई कुर्द समर्थक डिइएम (डेम) पार्टी परिवारका सदस्य र वार्ताकारहरूले धेरै पटक भेटेका थिए र गत महिना उनले सन् २०१९ पछि पहिलो पटक आफ्ना वकिलहरूसँग पहुँच पाएका थिए ।

टर्कीको तेस्रो ठूलो पार्टी डेमले बिहीबार एर्दोगानसँग भेट्न एक प्रतिनिधिमण्डल पठाउने बताएको छ।

विश्लेषकहरू भन्छन्, “पिकेके कमजोर भएको छ र कुर्द जनता दशकौँको हिंसाबाट थकित भएको छ, टर्कीको शान्ति प्रस्तावले ओकलानलाई सशस्त्र सङ्घर्षबाट लामो समयदेखि अपेक्षित सुरक्षित अवतरण गर्ने मौका दिएको छ।

पिकेकेले उत्तरी इराकमा जुलाईमा एक प्रतीकात्मक समारोह आयोजना गरेको थियो जसमा उनीहरूले हतियारको पहिलो खेप नष्ट गरे, जसलाई टर्कीले ‘अपरिवर्तनीय मोड’ को रूपमा स्वागत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *