काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।
पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीसँगको छलफलमा यस्तो बताएका हुन् । मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् ।
उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।
