विवाद बाहिरिएपछि मन्त्रीको सूचीबाट हट्यो खगेन्द्रको नाम

काठमाडौं । मन्त्रीमा सिफारिस खगेन्द्र सुनारविरुद्ध अदालतमा मुद्दा रहेको खुलेपछि उनको नाम मन्त्रीको सूचीबाट हटाइएको छ । सुनारका विवाद बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले आन्तरिक छलफल गरेकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री सुनारलाई मन्त्री बनाउने निर्णयबाट पछि हटेकी हुन् । सुनारविरुद्ध सुर्खेत र काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको तथा प्रहरीको फरार सूचीमा रहेको पाइएको थियो ।

त्यसपछि सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो । सर्वत्र विरोध भएपछि प्रधानमन्त्री आफ्नो निर्णयबाट पछि हटेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *