काठमाडौं । मन्त्री बनाउन सिफारिस गरिएका खगेन्द्र सुनार विवादमा परेका छन् ।उनीविरुद्ध सुर्खेत र काभ्रे जिल्ला अदालतमा दुई फरक फरक मुद्दा विचाराधीन रहेको खुलेको हो ।
त्यस्तै उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस पनि सार्वजनिक गरिएको छ । सोही प्रकरणमा सुनारविरुद्ध काभ्रे र जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको समेत खुलेको छ ।
त्यस्तै सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई धाकधम्की र गालीगलौज गरेको तथा ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी परेको पाइएको छ ।
उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले २० वैशाख २०८२ मा सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेकी थिइन् । अधिवक्ता गौतमलाई सुनारले चरित्रहत्या गर्ने उद्देश्यले पटक–पटक सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।
उनको उक्त व्यवहारविरुद्ध गौतमले पुनः साइबर बुलिङसम्बन्धी मुद्दा दायर गरेकी छिन् । त्यस्तै दलित अधिकारका पक्षमा नरहेको भन्दै सर्वाेच्च अदालतका न्यायाशीशलाई गाली गर्दै सर्वाेच्च अदालत लगाउनुपर्ने अभिव्यक्ति दिँदा पक्राउ समेत परेका थिए ।
