जानेर वा नजानेर विगतमा जेजे गरे पनि अब सुध्रिएर देश बनाउनुपर्छः दुर्गा प्रसाईँ

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफ्नो क्षमताले भ्याएसम्म मैले पहिले पनि गरिरहेको थिएँ । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काईदियोस् ।’

त्यस्तै आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

उनले भने, ‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउँ, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *