काठमाडौं । गीत रेकर्डिङ स्टुडियोमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ ।
पौडेलको कीर्तिपुर वर्न अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको रेकर्डिङ स्टुडियोमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।
घटनापछि प्रहरीले गायक गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । पौडेलले आत्मदाह प्रयास गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।
