त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र इरान भिड्दै

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल र इरान भिड्दैछन् । भारतको सिलोङस्थित जवाहार्लाल नेहरु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज पहिलो खेलमै जित निकाल्दै भारत भ्रमणको सुखद शुरूवात गर्न चाहन्छ । नेपाल ६ वर्षपछि फेरी इरानसँग खेल्न लागेको हो । यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा नेपालले इरानलाई ३-० गोलले हराएको थियो । उक्त  खेलमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई र अनिता बस्नेतले एक गोल गरेकी थिइन् । उक्त खेल खेलेकी अनिता बस्नेत, सम्बा, सरु लिम्बू, एन्जिला तुम्बापो सुब्बा र हिरा भुजेल अझैपनि टोलीमै रहेका छन् ।

त्यसैले नविन न्यौपानेको प्रशिक्षणमा रहेको  नेपाल आजपनि सोहि नतिजालाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । तर नेपाललाई उक्त नतिजा दोहोर्याउन सहज भने छैन । फिफा वरीयतामा नेपाल ८७ औँ स्थान र इरान ७० औँ स्थानमा रहेको छ । इरान आज हिरो गोल्डकपमा भोगेको हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

पहिलो खेलमा आफु भन्दा बलियो भारतलाई २-० गोलले पराजित गरेको इरान उक्त मनोबलमा रहेको छ । इरान आजको खेलमा नेपाललाई हराउँदै त्रिदेशीय महिला अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *