काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरंगी टीका र माला लगाई स्वस्थ र दीर्घायुको कामना गरी मनाइने प्रचलन छ । तर, दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीकाग्रहण गर्ने गर्छन् ।
आज बिहानैदेखि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेहरूको भिड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने भएकाले पनि यो मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ । बाल गोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एकपटक मात्र खुल्ने गर्छ ।