काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई राजनीतिक दललाई दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न आग्रह गरेका छन् ।
मेयर साहले जेनजी आन्दोलनमा एमालेले कांग्रेस र कांग्रेसले एमालेका नेताको घरमा आगजनी गरी दोष जेनजीलाई लगाएको आरोप लगाएपछि महासचिव पोखरेलको यस्तो भनाई आएको हो ।
महासचिव पोखरेलले भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको भन्दै दोषी जोसुकै भएपनि कारबाही हुनुपर्ने बताए ।
उनले भनेका छन्, ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ। विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ । नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देउ । नेकपा(एमाले)को पूर्ण सहयोग रहनेछ ।’