कलाकार निश्चल बस्नेतलाई विवादमा ल्याउने यो भिडियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवन जलिरहेका बेला कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि कलाकार बस्नेतले आफूले कतैपनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गरे जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले संसद भवन जलिरहेका बेला अरु कसैले गर्न नसकेको काम जेनजीले गरेको भन्दै धन्यवाद दिएका छन् । यस्तो भिडियो सार्वजनिक भएपछि बस्नेतको सर्वत्र आलोना भएको छ ।

त्यसपछि उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘मैले कतैपनि ढुंगा हानेको, आगजनी गरेको प्रमाण्ति गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु । म आन्दोलनमा गएको हो ? हो !भ्रष्टाचारको विरोध गरेको हो ? हो ! मसँग फोटो भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन् ? हो ! भिडियोको माथि आफू अनुकुल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *