काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाली राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखेका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले आन्दोलनमा पूरै देश एमाले र कांग्रेसले जलाएको तर दोष जेनजीलाई लगाएको भन्दै आक्रोश पोखेका हुन् ।
उनले भनेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनुपर्छ, अरुलाई एजेन्ट भन्छौ ! आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ । कांग्रेसले एमालेको जलाउँछ , दोष आफ्नो बाल बच्चालाई दिन्छौ ! चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’