युक्रेनका लागि इयूको रोक्का गरिएको सम्पत्ति किएभलाई ऋणवापत उपलब्ध गराउनका लागि ‘व्यापक समर्थन’

लक्जेम्बर्ग । युक्रेनका लागि नयाँ १४० अर्ब युरो (१६३ अर्ब डलर) को ऋणका लागि सदस्य राष्ट्रहरूबीच ‘व्यापक समर्थन’ रहेको युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कलासले बताएका छन् ।

युरोपेली आयोगले किएभलाई आर्थिक सहयोग जारी राख्नको लागि ‘क्षतिपूर्ति ऋण’ को योजना अघि सारेको छ, र यसका लागि बेल्जियमलाई मनाउने प्रयास जारी रहेको छ। रोकिएको रूसी सम्पत्तिको ठूलो हिस्सा बेल्जियममा रहेको छ।

“यो काम पूरा गर्न आज व्यापक समर्थन जुटेको छ तर हामी कानुनी र वित्तीय नमूनाहरूलाई सम्बोधन गर्ने दिशामा प्रगति गर्नेछौँ,“ इयूका विदेश मन्त्रीहरूको वार्तापछि कलासले भने ।

युरोपेली सङ्घका नेताहरूले बिहीबार ब्रसेल्समा हुने शिखर सम्मेलनमा ऋणबारे छलफल गर्ने तयारी गरेका छन् र अधिकारीहरूले थप विस्तृत कानुनी प्रस्ताव तयार गर्न अनुमति दिने आशा गरेका छन्।

“क्षतिपूर्ति ऋणले मस्कोलाई धेरै शक्तिशाली सन्देश पठाउन सक्छ । मस्कोले यो रकम हामीलाई छोड्न सक्दैन,” कलासले भने ।

ऋणको मुख्य अवरोधहरू मध्ये एक बेल्जियम हो, जसले आफ्ना ईयू समकक्षहरूबाट सम्भावित दायित्वहरू साझा गर्न माग गरिरहेको छ ।

युरोपेली सङ्घमा फ्रिज गरिएको रुसी केन्द्रीय बैङ्कको २०० अर्ब युरोको सम्पत्तिको ठूलो हिस्सा बेल्जियममा रहेको अन्तर्राष्ट्रिय निक्षेप सङ्गठन युरोक्लियरको स्वामित्वमा छ।

फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारोँले ऋणले युक्रेनलाई आगामी तीन वर्षसम्म चल्नका लागि सहयाग पुग्ने बताए ।

पेरिसबाट लबिङ सुरुगरेपछि, ब्रसेल्सले सम्भावित ऋणको ठूलो हिस्सा युरोपेली हतियार किन्न प्रयोग गर्न प्रस्ताव गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *