जेनजी आन्दोलनमा बर्दी खोल्न लगाई प्रहरीमाथि आक्रमण गर्ने एकजना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३२, जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार, उनी विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न थिए । उनले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरी टोलीमाथि आक्रमण समेत गरेको प्रहरीले जनाएको छ ।

बर्दी खोल्न लगाई वाग्मती खोलामा सांघातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *